अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३७ | Colorodo: 17:52

“सबै सांसदको विश्वासको मत पाउने आशा छ“-प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०७९ चैत ५ गते ७:४६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सोमवारको प्रतिनिधि सभा बैठकबाट सबै सांसदको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ । आज आइतवारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सोमवार (भोलि) शय प्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताउनुभएको हो ।

उहाँले पहिला ९९ दशमलव २५ प्रतिशत सांसदको विश्वासको मत पाएको उल्लेख गर्दै सोमवार शय प्रतिशत पुग्ने आशा व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले सोमवारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । उहाँलाई अहिलेसम्म नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू