अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

चैत्र १० गतेसम्म सरकार विस्तार हुन्छ- प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०७९ चैत ३ गते ७:३६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताउनुुभएको छ । शुक्रबार लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन÷चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताउनुुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले सबै दलहरुसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने पनि बताउनुुभयो । विश्वासको मतपछि सरकारलाई पूर्णता दिने र विश्वासको मत ६ गते लिने भनिएको उल्लेख गर्दै उहाँले त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिने बताउनुुभयो । प्रधानमन्त्रीले सरकार विस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको समेत बताउनुुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू