अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३६ | Colorodo: 12:51

न्युजिल्यान्डले श्रीलङ्कालाई हराउँदा भारत विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा

बिआरटीनेपाल २०७९ फागुन २९ गते ७:३१ मा प्रकाशित

भारत विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पुगेको छ । अहमदाबादमा अस्ट्रेलियासँगको चौथो टेस्टको नतिजा आउनुअघि नै भारत विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पुगेको हो । न्युजिल्यान्डले दुई टेस्ट क्रिकेटको शृङ्खलाको पहिलो खेलमा श्रीलङ्कालाई २ विकेटले हराएसँगै भारत अङ्क तालिकामा अघि रहँदै विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पुगेको हो ।

विश्व टेस्ट च्याम्पियनशिपको फाइनल आउँदो जुन ७ देखि ११ सम्म बेलायतको ओभल मैदानमा हुनेछ । अब भारत र अस्ट्रेलियाले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । अस्ट्रेलियाले भारतलाई इन्दोरमा भएको टेस्टमा हराउँदै विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा स्थान बनाएको थियो ।

अहमदाबाद टेस्टको आज पाँचौँ दिन हो र भारत चार खेलको शृङ्खलामा २–१ ले अघि छ । यदि श्रीलङ्का न्युजिल्यान्डसँग नहारेको भए भारतले विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पुग्न चौथो टेस्टमा अस्ट्रेलियालाई हराउनुपर्ने हुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू