अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

लगातार दोस्रो दिन पनि शेयर बजार राताम्मे

बिआरटीनेपाल २०७९ फागुन २९ गते ७:१६ मा प्रकाशित

लगातार दोस्रो दिन आज सोमवार पनि शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ६८ अङ्कले घटेर १ हजार ९ सय ५१ दशमलव २१ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर आज ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि निकै घटेको छ । २ सय ५६ वटा कम्पनीको ३३ लाख ६९ हजार कित्ता शेयर १ अर्ब १६ करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्तको शेयर साढे ७ प्रतिशत तथा आदर्श लघुवित्त, हिमालयन बैंक र नदिप लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि शुभम् पावर कम्पनीको शेयर भने आज १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू