अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

ब्याजदर घटाउन माग गर्दै व्यापार संघले भोलि माइतीघर मण्डलामा धर्ना दिने

बिआरटीनेपाल २०७९ फागुन २७ गते ६:४७ मा प्रकाशित

मोरङ व्यापार संघले आइतबार बैंकको ब्याजदर घटाउन माग गर्दै माइतीघर मण्डलामा धर्ना दिने भएको छ । शनिबार काठमाडौंमा भएको व्यापारीहरुको भेलाले उक्त निर्णय गरेको हो । संघले एक अंकको ब्याजदर कायम हुनुपर्ने, उद्योग र व्यापारमा दुई प्रतिशत फरक हुनुपर्ने, आधार दरमा प्रिमियम बढीमा दुई प्रतिशत मात्र थप हुनुपर्ने, चालु पुँजी निर्देशिका खारेज गरी व्यावहारिक बनाइनुपर्ने, विभिन्न वित्तीय सेवा शुल्कहरु कम गरी सर्वसाधारणलाई वित्तीय सेवा ५० प्रतिशत निःशुल्क गर्नुपर्नेलगायत माग राखेको छ ।

यस्तै, हालको असहज अवस्थाका कारण कर्जाहरुको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाउनुपर्ने, संस्थागत ब्याजदर बचत ब्याजसम्म कायम हुनुपर्ने, स्प्रेडदर बढीमा दुई प्रतिशत र आधारदर गणना तरिका सार्वजनिक गरिनुपर्नेलगायत माग राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू