अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

‘ए’ डिभिजन लिगमा संकटा क्लबको पहिलो जित

बिआरटीनेपाल २०७९ फागुन २७ गते ६:३४ मा प्रकाशित

संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । च्यासल मैदानमा आज नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले हराउँदै संकटाले पहिलो जित निकालेको हो । संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले एक–एक गोल गरे । जितसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ । पुलिसको यो लगातार तेस्रो हार हो । पुलिसले ३ खेलमा अंक जोड्न सकेको छैन ।

आजै भएको अर्को खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा समेटिएको एपीएफ र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् । ६९ औं मिनेटमा डिफेन्डर एडमा डम्बियाले रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा समेटिएको थियो ।

एडमाले जावलाखेलका हिसुब थपलियालाई लडाएपछि पहेलो कार्ड प्राप्त गरे । तर, पहेलो कार्डपछि रेफ्रीसँग अभद्र व्यवहार गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले उनलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाए । यो बराबरीसँगै एपीएफले ३ खेलमा ४ अंक जोडेको छ । जावलाखेल अपराजित रहदै ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू