अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

‘अर्थतन्त्र इतिहासकै खराब अवस्थामा आउँदासमेत गुनासो गर्ने ठाउँ पाएनौं’- उद्योगी ब्यवसायी

बिआरटीनेपाल २०७९ फागुन २४ गते ६:३० मा प्रकाशित

उद्योगी व्यवसायीले मुलुकको बिग्रँदो अर्थतन्त्र सम्हाल्नका लागि अर्थनीति नै ठिक नभएको गुनासो गरेका छन् ।राजधानीमा नेपाली कंग्रेसका नेताहरुसंगको छलफलमा अधिकांश उद्योगी व्यवसायीले मुलुकको अर्थतन्त्र र सरकारको मौद्रिक नीतिको विषयमा गुनासो गरेका हुन् ।उद्योगी व्यवसायीले राजनीतिक अस्थिरता र स्थिर मौद्रिक नीति नहुँदा अर्थतन्त्रमा संकट पैदा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उद्योगी व्यवसायीले संकटपूर्ण अर्थतन्त्रको समाधान गर्न कांग्रेसलाई अग्रणी भूमिका खेल्न माग गरे ।

कांग्रेसले अर्थ मन्त्रालय सम्हालेर वर्तमान अर्थतन्त्रको चुनौति सम्बोधन गर्न उनीहरुले ध्यानाकर्षण गरे । उनीहरुले मुलुकको अर्थतन्त्र इतिहासकै खराब अवस्थामा आएको भन्दै उद्योगी व्यवसायी बाच्नै नसक्ने अवस्थामा आएको समेत नभएको बताए ।नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन आवश्यक रहेको बताउनुभयो । मुरारकाले सरकारको नीतिकै कारण उद्योगीहरु उद्योग छाडेर व्यापारतिर सिफ्ट हुन बाध्य भएको बताउनुभयो । उहाँले देशमा उद्योग सञ्चालन गर्न सहज वातावरण नभएको भन्दै उद्योग दर्ताका लागि कोठामा छिर्नकै लागि प्रवेश शुल्क लगाइदिएको बताउनु भयो । उहाँले उद्योगीले आफ्नो पीडा सुनाउन जाने ठाउँ समेत नभएको भन्दै अब बन्ने सरकारले त्यो ठाउँ दिनुपर्ने बताउनुभयो ।

त्यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विष्णुकुमार अग्रवालले व्यापार व्यवसाय ४० प्रतिशतले गिरावट आएको भन्दै अर्थतन्त्रमा आशा गर्न सकिने ठाउँ नै नभएको बताउनुभयो ।यस्तै, कार्यक्रममा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले पनि अर्थतन्त्र इतिहासकै खराब अवस्थामा रहेको भन्दै प्रेडिक्टेबल इकोनमिक पोलिसी नभएको देशमा लगानी बढ्न नसक्ने तर्फ सचेत गराउनुभयो । महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रका समस्याबारे राजनीतिक दल र नेताहरू गम्भीर हुन नसकेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू