अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

प्रिमियर लिग– म्यानचेस्टर सिटी र चेल्सी विजयी

बिआरटीनेपाल २०७९ फागुन २१ गते ६:४५ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सी विजयी भएका छन् ।सम्पन्न पछिल्लो खेलमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटडलाई २–० ले तथा चेल्सीले लिड्स युनाइटेडलाई १–० ले हराएका हुन् ।सिटीको जितमा फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गरे ।

खेलको १५ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ६७ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।त्यस्तै, अर्काे खेलमा चेल्सीले लिड्सलाई १–० ले हराएको हो । चेल्सीको जितमा वेस्ली फोफानाले निर्णायक गोल गरे । खेलको ५३ औं मिनेटमा उनले गोल गरे ।

अन्य खेलहरूमा एस्टन भिल्लाले क्रिष्टल प्यालेसलाई १–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले टोटनह्याम हट्सपरलाई १–० ले नैं पराजित गरेको छ । अर्को खेलमा ब्राइटनले वेस्ट ह्याम युनाइटेडलाई ४–० ले पराजित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू