अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२६ | Colorodo: 16:41

सन्दीप लामिछाने लिग–२ खेल्न यूएई प्रस्थान

बिआरटीनेपाल २०७९ फागुन १७ गते ६:५८ मा प्रकाशित

सन्दीप लामिछाने आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला खेल्न यूएई प्रस्थान गर्नुुभएको छ । सन्दीप नेपाल क्रिकेट सङ्घ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा दिउँसो ३ बजेको उडानबाट यूएई जानुुभएको हो ।

सन्दीपले टिममा रहेका अर्का स्पिनर मौसम ढकालको ठाउँ लिने क्यानले जनाएको छ । हिजो मङ्गलवार अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको क्यानले बताएको छ । सन्दीप भोलि बिहीवार यूएईसँग हुने खेल खेल्न पाउने सम्भावना छ । आईसीसीले सन्दीपलाई टिममा समावेश गर्न अनुमति दिएपछि उहाँ यूएई जानुुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू