अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

एन्फा विवाद- तीन उपाध्यक्षसहितको टोलीद्वारा बैठक बहिस्कार

बिआरटीनेपाल २०७९ फागुन १७ गते ६:५४ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षसहितका कार्यसमिति सदस्यहरूले अध्यक्ष पंकजविक्रम नेम्वाङले बलपूर्वक एजेन्डा बढाएको भन्दै विरोध गरेका छन् । उनीहरूले पहिलेदेखि नै महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीको माग राख्दै आएका थिए । बुधबारका लागि तय भएको कार्यसमिति बैठकमा बहुमत सदस्यले आफ्नो माग समावेश नभएसम्म कार्यसमिति बैठक सुरु हुन नसक्ने अडान राख्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले बलपूर्वक ६–७ वडा एजेण्डा अगाडि बढाएपछि ११ जना केन्द्रीय सदस्य बैठकस्थलबाट बाहिरिएका छन् ।

बिहान ८ बजेबाट सुरु हुने भनिएको बैठक दुई पक्षबीचको विवादका कारण समयमा सुरु हुन सकेको थिएन । उनीहरुले बैठकमा एजेण्डा राख्न माग गर्दै दिएको ज्ञापनपत्रमा आफ्ना मागहरु समावेश नगरेको भन्दै बैठकमा विरोध जनाएका हुन् ।तीन उपाध्यक्षसहित कार्यसमितिका बहुमत १२ सदस्यको मागविपरीत अध्यक्ष पंकजविक्रम नेम्वाङले कार्यसमिति बैठकमा महासचिव र कोषाध्यक्षको बर्खास्तसहित विभिन्न पाँच एजेण्डा नथप्ने निर्णय गर्नुुभएको थियो ।

ती विषयपछि बैठक उत्कर्षमा पुगेको थियो । असन्तुष्ट मध्येका केन्द्रीय सदस्य टिमका लामाले निवेदन लेखेर एन्फा बैठकको उपस्थित पुस्तिकाबाट आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणासमेत गर्नुुभएको छ । उहाँले महासचिव र कोषाध्यक्षको बर्खास्तीको माग एजेण्डमा नसमेटिनु दुःखद् भएको र अध्यक्ष पंकजविक्रम नेम्वाङसहित २० जनाको उपस्थिति भएकोमा १० जनाले मात्र उपस्थित पुस्तिकामा हस्ताक्षर गरेको हुँदा बैठक अवैध रहेको भन्दै हस्ताक्षर गणना नहुनेगरी फिर्ता लिनुुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू