अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

एल साल्भाडोरमा हजारौं गुण्डा पक्राउ

बिआरटीनेपाल २०७९ फागुन १४ गते ७:०१ मा प्रकाशित

एल साल्भाडोरमा राष्ट्रपति नायब बुकेलको अपराध विरुद्धको लडाई कार्यक्रम अन्तर्गत हजारौंलाई पक्राउ गरी जेल चलान गरिएको छ ।देशमा गुण्डागर्दी र अपराध ब्यापक भएपछि गत वर्ष संकटकाल घोषणा गरेर अपराध विरुद्धको लडाई सुरू गरिएको हजारौं शंकास्पद ब्यक्तिहरुलाई पक्राउ गरिएको हो ।पक्राउ परेका दुई हजार युवालाई जेल चलान गरिएको छ । उनीहरुलाई राख्नका लागि ४० हजार जना अट्ने ठूलो जेल तयार पारेपछि उनीहरुलाई जेल पठाइएको हो । अरु झण्डै साढे ६ हजार गुण्डाहरुलाई पनि सोही जेलमा पठाइने भएको छ ।

यस अभियानमा विशेष गरी गुण्डागर्दी गर्ने युवा तथा हुल्याहाहरुलाई निशानामा राखिएको छ ।पक्राउ गरिएका युवाहरुको कपाल खौरिएर जेल पठाइएको छ । उनीहरुलाई आतंकवाद तथा अपराध अन्तर्गत दशकौं थुन्ने र अब उनीहरुले समाजमा कुनै दख्खल दिन नसक्ने राष्ट्रपति बुकेलको भनाइ छ । राजधानी सान साल्भाडोरबाट ७५ किलोमिटर पर बनाइएको जेल अमेरिकी महादेशमै सबैभन्दा ठूलो भएको बताइएको छ । एल साल्भाडोरमा एमएस थर्टिन र बार्रियो एटिन जस्ता गुण्डागर्दीका लागि कुख्यात समूहहरु रहेका छन् । जसले अपराधको आफ्नै संसार चलाउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू