अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

युक्रेन युद्ध रोक्न माग गर्दै जर्मनी र फ्रान्समा प्रदर्शन

बिआरटीनेपाल २०७९ फागुन १४ गते ६:५४ मा प्रकाशित

युक्रेनमा शान्ति स्थापनाको माग गर्दै फ्रान्सको पेरिस र जर्मनीको बर्लिन सहरमा हजारौं मानिसहरूले प्रदर्शन गरेका छन् । रुस–युक्रेन युद्ध सुरु भएको एक वर्ष पुगेको भोलिपल्ट फ्रान्स र जर्मनीका राजधानीमा युवाहरूले शान्ति आह्वान गर्दै यस्तो र्याली निकालेका हुन् । बर्लिनमा भेला भएका हजारौं मानिसहरूले जर्मन सरकारलाई युक्रेनमा हतियार वितरणमा रोक लगाउन माग गर्दै शान्ति वार्ताका लागि आह्वान गर्न दबाब दिएका थिए । यद्यपि उक्त प्रदर्शनले रुसको आक्रमणबाट आफ्नो क्षेत्रको रक्षा गर्ने युक्रेनको अधिकारलाई कमजोर पार्ने भन्दै प्रदर्शनमाथि आलोचना भएको थियो ।

फ्रान्सको राजधानी पेरिसमा पनि युक्रेन युद्ध अन्त्यको आह्वान गर्दै प्रदर्शन भएको छ । पेरिसस्थित गणतन्त्र स्तम्भमा भेला भएका हजारौं प्रदर्शनकारीहरूले युक्रेनको राष्ट्रगान गाउँदै शान्ति स्थापनाको आह्वान गरिरहेका थिए । प्रदर्शनका बीच जर्मन चान्सलर ओलाफ स्कोल्जले हालैको एक टेलिभिजन अन्तर्वार्तामा आफूले अहिले शान्ति वार्ताको सम्भावना नदेखेको प्रतिक्रिया दिएका छन्।

युक्रेनमा भने रुसले आक्रमण गरेको एक वर्ष नाघिसक्दा युद्ध रोकिने सम्भावना नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसै साता युद्धको एक वर्ष पुगेकै दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण गर्नुुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू