अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

इजरायली सेनाको आक्रमणबाट ११ जना प्यालेस्टिनीको मृत्यु

बिआरटीनेपाल २०७९ फागुन ११ गते ६:३५ मा प्रकाशित

इजरायली सेनाको आक्रमणबाट पश्चिम किनारामा कम्तिमा ११ जना प्यालेस्टाइनी नागरिक मारिएका छन् भने दर्जनौं घाइते भएका छन् ।पश्चिम किनाराको पुरानो शहर नाबलुसमा प्यालेस्टिनी लडाकुको खोजी गर्न इजरायली सेना प्रवेश गरेपछि भएको भिडन्तमा उनीहरु मारिएका हुन् ।

मारिनेहरुमा अधिकांश सर्वसाधारण भएको बताइएको छ । मारिनेहरुमा ७२ वर्षीय वृद्ध समेत रहेको प्यालेन्टिनी अधिकारीहरुले बताएका छन् ।लडाकु समूह लायन्स डेनले भने आफ्ना ६ सदस्य इजरायली आक्रमणमा मारिएको जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले भने ८० जनालाई गोली लागेको र उनीहरुको नाबलुसका चार वटा अस्पतालमा उपचार भईरहेको बताएको छ ।

घटनापछि नाबलुस शहरमा ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए । इजरायली डिफेन्स फोर्सले भने लडाकु समूहबाट आक्रमण भएपछि प्रतिकार गरेको र त्यस क्रममा लुकेर बसेका तीन जना आतंककारी मारिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू