अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९ | Colorodo: 22:44

रुसको ब्यापारिक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित ६ को मृत्यु

बिआरटीनेपाल २०७९ फागुन १० गते ७:०४ मा प्रकाशित

रुसको एक ब्यापारिक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित ६ जनाको मृत्यु भएको छ । आगलागीमा परी ९ जना घाइते भएका छन् ।भवनमा आगलागी भएपछि २ सय जनालाई उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मस्कोको तगांस्की जिल्लामा रहेको सो भवनमा होटल लगायत अपार्टमेन्टहरु रहेको जनाइएको छ ।४१ वर्ष पुरानो १० तले सो भवनको पाँचौ तलाबाट आगालागी सुरू हँदा सातौं तलासम्म फैलिएको थियो । आगलागीको कारण प्रष्ट नभए पनि विद्युत शर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू