अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

उत्तर कोरियाद्वारा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण

बिआरटीनेपाल २०७९ फागुन ९ गते ५:४२ मा प्रकाशित

उत्तर कोरियाले दुई वटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दावी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएको बताएको छ ।अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको जवाफमा प्योङयाङले आफ्नो सबैभन्दा शक्तिशाली अन्तर महादेशीय क्षेप्यास्त्र प्रक्षेपण गरेको ४८ घण्टामा दोस्रो पटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

जापानको रक्षा मन्त्रालयका अनुसार प्रक्षेपण गरिएका दुवै मिसाइल ५० देखि एक सय किलोमिटरको उचाइमा उडेका जनाउँदै आफ्नो विशेष आर्थिक क्षेत्र बाहिर खसेका बताएको छ । जापानका प्रधानमन्त्री फुमियो किसिदाले क्षेप्यास्त्र प्रक्षेपणबारे राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठकका लागि अनुरोध गरेका छन् ।

यसैगरी दक्षिण कोरियाली विदेश मन्त्रालयले प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्ध भएका चार व्यक्ति र पाँच संस्थामाथि प्रतिबन्धको घोषणा गरेको छ । छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको दक्षिण कोरियाको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू