अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

डे लाइट सेभिङ: कहिले सुरु हुन्छ ? अब यही परमानेन्ट हुन्छ ?

बिआरटीनेपाल २०७९ फागुन ८ गते १३:०३ मा प्रकाशित

कोलोराडो । दिन लम्बिदै छ । मौसम बिस्तारै न्यानो बन्दै छ भन्न अली मिल्दैन होला । कोलोराडोबासीले घडिको सुइ अघि बढाउने बेला आउँदै छ । यो वर्ष ‘डे लाइट सेभिङ’ समय मार्च १२ देखि सुरु हुँदै छ । समय बिहान २ बजे बदलिने छ । त्यो बेला घडि एक घण्टा अघि बढाइने छ ।

‘डे लाइट सेभिङ’ हरेक वर्ष मार्चको दोस्रो आइबार सुरु हुन्छ र नोभेम्बरको पहिलो आइतबार समाप्त हुन्छ । त्यस हिसाबले संघीय कानूनमा कुनै परिवर्तन नआए यो वर्ष नोभेम्बर ५ मा घडिको सुइ एक घण्टा पछाडि घुमाइने छ ।

गत बसन्त याममा गभर्नर जारेड पोलिसले ‘डे लाइट सेभिङ टाइम इयर राउण्ड’ कानूनको मस्यौदामा हस्ताक्षर गरे । तर, स्टाण्डर्ड टाइमबाट छुटकार पाउन अझ दुई कुरा हुन बाँकी छ ।

पहिलो, संघीय सरकारले राज्व्यहरुलाई स्थायी रुपमा ‘डे लाइट सेभिङ’ टाइम प्रयोग गर्ने कि स्टान्डर्ड टाइम भनेर छान्ने अधिकार दिने कानून लागु गर्नुपर्छ । कानूनमा गरिने यो परिवर्तनले राज्यहरुलाई स्थायी रुपमा ‘डे लाइट सेभिङ टाइम’ छान्ने अधिकार दिने छ ।

गत मार्चमा सिनेटले ‘डे लाइट सेभिङ टाइम’ लाई स्थायी बनाउन छनौटको अधिकार दिने सनसाइन प्रोटेक्सन एक्ट अफ २०२१ पारित गर्‍यो । तर, उक्त कानूनको मस्यौदा कंग्रेसमा पुग्न सकेन । उक्त मस्यौदा पुनः ११८ औं कंग्रेस बैठकमा पेश गर्नुपर्छ ।

दोस्रो, कोलोराडोले पारित गरेको कानून कार्यान्वयन हुन माउन्टेन टाइम जोन प्रयोग गर्ने कम्तिमा ४ अन्य राज्यले ‘डे लाइट सेभिङ टाइम’ लाई स्थायी बनाउनु पर्छ । ‘डे लाइट सेभिङ टाइम’ इन्धन जोगाउन सूर्यको अधिकतम प्रयोग गर्ने उदेश्यले प्रयोगमा आएको हो ।

प्रतिक्रिया