अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

अमेरिकी राष्ट्रपति बाइडेन अचानक युक्रेनमा

बिआरटीनेपाल २०७९ फागुन ८ गते ६:५० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ पुग्नुभएको छ । रुसी आक्रमणको वर्ष दिन पुग्न लाग्दा बाइडेन किभ पुग्नुभएको बीबीसीले जनाएको छ ।रुसको आक्रमणपछि पहिलो पटक युक्रेन पुग्नुभएका बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्नुभएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा बाइडेनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै बाइडेनको यात्रा सम्पूर्ण युक्रेनीहरूका लागि एक अत्यन्त महत्त्वपूर्ण सङ्केत भएको उल्लेख गर्नुभएको छ ।

जेलेन्स्कीसँगको भेटपछि बाइडेनले युक्रेनलाई अमेरिकी समर्थन निरन्तर उपलब्ध गराइने बताउनुभएको बीबीसीले जनाएको छ । सैन्य अनुभवका बाबजुद पनि युक्रेनी नागरिकले साहसपूर्वक लडेको भन्दै बाइडेनले प्रशंसा गर्नुभएको छ ।बाइडेन पोल्यान्डसँगको सीमाबाट रेल चढेर युक्रेन पुग्नुभएको न्युयोर्क टाइम्सले जनाएको छ । सुरक्षा चासोहरूलाई ध्यानमा राख्दै बाइडेनको भ्रमण गोप्य राखिएको थियो । शनिवार राति श्रीमतीसहित एउटा रेस्टुरेन्टमा खाना खाएपछि बाइडेन विना सूचना वाशिङ्टनबाट बाहिरिनुभएको थियो । रुसले युक्रेनमा आक्रमण सुरु गरेको यही फेब्रुअरी २४ मा एक वर्ष पूरा हुँदैछ । तर अझै पनि युद्ध सकिने सङ्केत देखिँदैन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू