अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

अफगानिस्तानमा पुनः हिमपहिरो, सयौं मानिस घरबार विहीन

बिआरटीनेपाल २०७९ फागुन ८ गते ६:३६ मा प्रकाशित

अफगानिस्तानमा फेरी पनि भारी वर्षाका कारण हिमपहिरो जाँदा अत्याधिक रूपमा क्षति पुगेको छ । अफगानिस्तानको उत्तरी क्षेत्रमा लाखौंको भौतिक सम्पत्ति नष्ट भएको हो । हिमपहिरोका कारण सयौं सर्वसाधारण घरबार विहीन भएका छन् । त्यहाँको प्रान्तीय सरकारका अनुसार उत्तरी बदख्सान प्रान्तको कोफाब जिल्लामा भीषण वर्षा भएको छ ।

चान्टियो गाउँमा हिमपहिरो र बाढीले २० घर र २५ वटा पसल समेत पुरेको जनाइएको छ । गत महिनाको हिमपहिरोबाट अस्त ब्यस्त बनेको सोही क्षेत्रमा वर्षापछिको पहिरोले थप समस्या निम्त्याएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू