अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

पाकिस्तान प्रहरीमाथि आक्रमण गर्ने तालिवानको चेतावनी

बिआरटीनेपाल २०७९ फागुन ७ गते ६:४४ मा प्रकाशित

पाकिस्तानमा तालिवान समूहले प्रहरीमाथि थप आक्रमण गर्ने चेतावनी दिएपछी पाकिस्तानाम सुरक्षा व्यवस्था कडा बनाइएको छ ।तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले शनिबार एक विज्ञप्ती जारी गर्दै दास सेनासँगको सम्बन्धबाट प्रहरी टाढै बस्नुपर्ने अन्यथा उच्च प्रहरी अधिकारीहरूको सुरक्षित आश्रयस्थलमा आक्रमण जारी रहने चेतावनी दिएको हो । कराँचीस्थित प्रहरी परिसरमा भएको आत्मघाती आक्रमणमा परी चार जनाको मृत्यु भएको एक दिनपछि पाकिस्तानी तालीवानको यस्तो चेतावनी आएको हो ।तालिवान विरुद्धको लडाइँमा प्रहरीलाई अग्रपंक्तिमा प्रयोग गरिने भएकाले प्रहरी नै तालिवानको निशानामा पर्ने गरेका छन् ।

गत महिना उत्तरपश्चिमी शहर पेशावरको एक प्रहरी परिसरभित्र रहेको मस्जिदमा आत्मघाती आक्रमणकारीले विष्फोट गर्दा ८० भन्दा बढी प्रहरी अधिकारीको मृत्यु भएको थियो । यस्तै गत शुक्रबार कराँचीमा रहेको विशाल प्रहरी कार्यालय परिसरमा आक्रमण गरेपछि प्रहरी र तालिवानी विद्रोहीबीच एक घण्टा लामो गोली हानाहान भएको थियो । आक्रमणमा परी दुई जना प्रहरी अधिकारी, एक जना सेनाका रेन्जर र एक जना सफाइकर्मीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू