अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

टर्की र सिरियाका भूकम्प पीडितलाई सन्नी लियोनीले आफ्नो कमाईको १० प्रतिशत दिने

बिआरटीनेपाल २०७९ फागुन ७ गते ६:४१ मा प्रकाशित

टर्की र सिरियामा गएको भूकम्पमा परेकाको लागि बलिउड चर्चित अभिनेत्री सन्नी लियोनीले सहयोग गर्ने बताएकी छन् ।भारतीय सञ्चार माध्यमका अनुसार अभिनेत्री लियोनीले टर्की र सिरियाका भूकम्प पीडितहरूका लागि सहयोगको हात बढाएकी हुन् । लियोनी र उनका श्रीमान् डेनियल वेबरले टर्की र सिरियाका पीडितहरूको लागि सहयोग गर्ने भएका हुन् ।

दम्पतीले आफ्नो कस्मेटिक ब्रान्डको फेब्रुअरी महिनाको कमाईको १० प्रतिशत सिरिया र टर्कीका भूकम्प प्रभावितहरूको राहतमा सहयोग गर्ने निर्णय गरेका छन् । लियोनले सबैले सहयोगको हात बढाउनु आवश्यक भएको बताइन् । साथै उनले अन्य मानिसहरूलाई पनि भूकम्प पीडितहरूका लागि सहयोग र उनीहरूको जीवन पुनर्निर्माणका लागि मद्दत गर्न आग्रह गरेकी छन् ।गत फेब्रुअरी ६ मा टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्पको साथै ७.५ म्याग्निच्युडको परकम्पले दुबै देशमा विनाश निम्त्यायो । जसका कारण त्यहाँ ठूलो जनधनको क्षति भएको छ । अहिले पनि त्यहाँ मृत्यु हुनेको संख्या बढिरहेको छ । टर्कीमा अहिले करिब ३ लाख ४५ हजार घरहरू ध्वस्त भएका छन्। धेरै मानिस अझै बेपत्ता छन् । टर्कीमा मृत्यु हुनेको संख्या ४० हजार ६ सय ४२ पुगेको छ भने सिरियामा ५ हजार ८ सय भन्दा बढीको मृत्यु भएको समाचारमा उल्लेख छ ।

लियोन भन्दा अघि अभिनेत्री प्रियंका चोपडाले पनि भूकम्प पीडितलाई सहयोग गर्न आग्रह गरेकी थिइन् । उनका साथै हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले पनि सहयोग गर्ने बताएकी थिइन् । हाल उद्धार कार्य जारी रहेको सो क्षेत्रमा भूकम्पपीडितका लागि सहयोग जुटाउन अभियान पनि चलिरहेको छ । संसारभरका मानिसहरू टर्की र सिरियालाई मद्दत गर्न आफ्नो हात बढाइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू