अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

बेलुन विवादले चीन र अमेरिकाबीच अविश्वास बढ्दै

बिआरटीनेपाल २०७९ फागुन ७ गते ६:३९ मा प्रकाशित

बेलुन विवादका कारण अमेरिका र चीनबीच अविश्वास बढ्दै गएको छ । बढ्दो विवादकाबीच अमेरिकाले राष्ट्रिय सुरक्षा टोलीलाई शङ्कास्पद वस्तु पत्ता लगाउन निर्देशन समेत दिएको छ ।राष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रिय सुरक्षा टोलीलाई वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिनुभएको बीबीसीले जनाएको छ । पछिल्लो अनुसन्धानमा यसअघि अमेरिकी आकाशमा फेला परेका ती वस्तु मौसम अध्ययन गर्ने वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने संस्थासँग सम्बन्धित रहेको देखिएको थियो ।

चीनले अमेरिकी आकाशमा भेटिएका बेलुन जासुसी नभएको दाबी गर्दै आएको छ । चीन अमेरिकाबीच विवाद भइरहेका बेला ताइवानको आकाशमा पनि चिनियाँ बेलुनले जासुसी गरिरहेको खबर सार्वजनिक भएको छ । तर यसबारेमा ताइवानको रक्षा मन्त्रालयले चिनियाँ मौसमसम्बन्धी बेलुन देखिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू