अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३ | Colorodo: 05:08

टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित ३ जनाको जीवितै उद्धार

बिआरटीनेपाल २०७९ फागुन ६ गते ६:१२ मा प्रकाशित

टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनाको उद्धार गरेका छन् । १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरिएको टर्कीमा खटिएका उद्धारकर्मीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा अघिल्लो सोमवार ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको २ सय ६० घण्टापछि १४ वर्षीय उस्मानलाई उद्धार गरिएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले ट्विटरमा उल्लेख गर्नुभएको छ । उनको हताय प्रान्तको अन्ताक्या अस्पतालमा उपचार भइरहेको छ ।

उद्धारकर्मीले बिहीवार २६ र ३३ वर्षका अन्य दुई जनाको पनि उद्धार गरेका थिए । भूकम्पका कारण टर्की र सिरियामा ४१ हजारभन्दा धेरैको ज्यान गएको छ । हजारौँ घाइते भएका छन् । लाखौँ मानिस आश्रयविहीन भएका छन् । टर्कीका अधिकारीहरूले अदाना, किलिस र सानलियुर्फा प्रान्तमा उद्धार कार्य पूरा भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू