अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०२ | Colorodo: 06:17

अमेरिकामा एक पुुरुषद्धारा पूर्वपत्नीसहित ६ जनाको गोली हानेर हत्या

बिआरटीनेपाल २०७९ फागुन ६ गते ६:०९ मा प्रकाशित

अमेरिकाको मिस्सिसीपी राज्यस्थित एक गाउँमा एक पुरुषले आफ्नी पूर्व पत्नीसहित ६ जनाको गोली हानी हत्या गरेका छन् ।प्रहरीका अनुसार तीनवटा हतियार बोकेर अन्धाधुन्ध गोली चलाउँदै हिँडेका ती पुरुषले उनीहरूमाथि विभिन्न स्थानमा आक्रमण गरेका थिए ।प्रहरीले घटनामा संलग्न भएको आरोपमा ५२ वर्षीय रिचर्ड डेल क्रमलाई पक्राउ गरेको छ । उनले के कारणले गोलीबारी गरे भन्ने उद्देश्य भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

मिस्सिसीपीका गभर्नर टेट रिभ्सले आक्रमणकारी एक्लैले सो घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् ।स्थानीय समयअनुसार बिहान ११ बजे एक पेट्रोल पम्पको कन्भिनियन्ट स्टोरबाट ती व्यक्तिले गोलीबारी सुरु गरेका थिए ।उनले पहिले एक अपरिचित व्यक्तिमाथि गोली प्रहार गरेका थिए । त्यसपछि नजिकैको घरमा पुगेर आफ्नो पूर्व पत्नीलाई गोली हानेका थिए । त्यसपछि बाटोमा दुईजना व्यक्तिलाई गोली हानेका उनले घर नजिकै दुई निर्माण कामदारलाई गाली प्रहार गरेका थिए । यो घटनासँगै अमेरिकामा यो वर्ष बन्दुकसम्बन्धी सामूहिक हिंसाको घटनाको संख्या ७३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू