अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०५ | Colorodo: 17:20

अर्को पुस्तासम्म कोभिडको असर हुन्छ- विश्व बैंक

बिआरटीनेपाल २०७९ फागुन ६ गते ६:०८ मा प्रकाशित

विश्व बैंकले दक्षिण एसियाली मुलुकमा कोभिड–१९ को असर अर्को पुस्तासम्म पुग्ने बताएको छ ।महामारीले बालबालिका र युवाको स्वभाविक विकास र जीवनभरको आम्दानीमा क्षति गरेको भन्दै विश्व बैंकले अर्थतन्त्रको विकास र भावी पुस्तालाई समेत यसबाट असर पुग्ने जनाएको हो ।विश्व बैंकले २५ वर्ष उमेर समूह भन्दा तलका युवाबारे गरेको तथ्यांक विश्लेषणबाट यस्तो निष्कर्ष निकालेको बताएको छ । ‘ह्युमन क्यापिटल’मा कोभिडले पारेको प्रभावबारे विश्व बैंकको नयाँ प्रतिवेदनमा बाल्यकालदेखि युवा अवस्थासम्मको प्रभावबारे विशलेषण गरिएको थियो । तथ्यांकअनुसार कोभिडका कारण बच्चाको स्वभाविक सिकाइमा झड्का लागेको छ । यी बच्चा वयष्क हुँदा उनीहरुको आम्दानीमा समेत प्रभाव देखिने विश्व बैंकले बताएको हो ।

दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजरले महामारीले विद्यालय बन्द हुनु, रोजगारी गुम्नु र कमजोर परिवारलाई आर्थिक संकटमा पर्दा दक्षिण एसियाका बालबालिका र युवालाई असर गरेको बताएका छन् । मानव पूँजीमा भएको नोक्सानको पुनः प्राप्ति महत्वपूर्ण रहेको भन्दै उनले यसमा सरकारहरुले काम गर्नुपर्ने उनले बताए । दक्षिण एसियामा अप्रिल २०२० देखि मार्च २०२२ सम्म विद्यालयहरु आंशिक वा पूर्ण रुपमा बन्द भएका थिए । विश्व बैंकका अनुसार ३० दिन विद्यालय बन्द हुनु भनेको ३२ दिन बराबरको पढाइ गुमाउनु हो । यसबेला विद्यार्थीले विद्यालयमा मात्र नभई घरमा पनि सिक्ने मौका पाएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू