अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

वायुमण्डलमा मानवरहित तरिकाले राख्न मिल्ने शंकास्पद वस्तु पत्ता लगाउन बाइडेनको निर्देशन

बिआरटीनेपाल २०७९ फागुन ६ गते ५:५९ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति जो बाइडेनले वायुमण्डलमा मानवरहित तरिकाले राख्न मिल्ने शंकास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न राष्ट्रिय सुरक्षा टोलीलाई निर्देशन दिनुभएको छ ।राष्ट्रपति बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई मानवरहित सम्भावित वायुजन्य वस्तुहरूको सूची तयार पार्न र यी वस्तुहरू पत्ता लगाउने क्षमता सुधार गर्न थप उपायहरू अवलम्वन गर्न समेत निर्देशन दिनुभएको हो । ह्वाइट हाउसले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेर यस्तो निर्देशन जारी गरेको छ ।

अमेरिकी आकाशमा हालै देखिएका शंकास्पद वस्तुहरू चीनको निगरानी प्रणालीसँग सम्बन्धित रहेको वा नरहेको बारेमा थप अनुसन्धान गर्न समेत राष्ट्रपति बाइडेनले निर्देशन दिनुभएको हो । खुफिया निकायको पछिल्लो अनुसन्धान अनुसार ति वस्तुहरू प्रायः निजी कम्पनीहरू वा मौसम अध्ययन गर्ने वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने संस्थाहरूसँग सम्बन्धित बेलुनहरू थिए ।

तर यहि फेब्रअरी ४ मा चीनले मुख्य रूपमा मौसम विज्ञानको अनुसन्धानका लागि प्रयोग गरिएको नागरिक हवाई जहाज भएको दावी गरेको विशाल बेलुनलाई एक हप्तासम्म देशमा घुमाएपछि खसालेको अमेरिकाको दावी छ । राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गर्ने अपेक्षा गरेको समेत बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू