अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 17:49

प्रिमियर लिग- शीर्षस्थानको आर्सनल ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो

बिआरटीनेपाल २०७९ माघ २९ गते ६:४३ मा प्रकाशित

इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको आर्सनल ब्रेन्टफोर्डसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा आर्सनल र ब्रेन्टफोर्डले बराबर १–१ गोल गरेका हुन्।घरेलु मैदानमा भएको खेलको ६६औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७४औं मिनेटमा इभान टोनीले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ गोलको बराबरीमा ल्याए। यस बराबरीसँगै आर्सनलले २१ खेलमा ५१ अङ्क जोडेको छ । आर्सनल शीर्ष स्थानमा यथावत् छ ।

ब्रेन्टफोर्ड ३४ अङ्क जोडेर आठौँ स्थानमा छ । गएराति नै भएको अर्को खेलमा चेल्सी पनि बराबरीमा रोकिएको छ । चेल्सीलाई वेष्ट ह्याम युनाइटेडले १–१ गोलको बराबरीमा रोकेको हो ।यस्तै ब्राइटन र क्रिस्टल प्यालेसले पनि १–१ गोलको बराबरी खेले । न्युक्यासल र बर्नमाउथले पनि १–१ गोलको बराबरी खेले । अर्को खेलमा लेस्टर सिटीले टोटेनह्यामलाई ४–१ गोलले हराएको छ । फुलह्यामले नटिङ्घम फरेस्टलाई २–० गोलले हराएको छ । उल्भ्सले साउथह्याम्पटनलाई २–१ ले हराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू