अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५९ | Colorodo: 21:14

मैत्रीपूर्ण फुटबलका लागि भारत जाने टोलीको बिदाइ

बिआरटीनेपाल २०७९ माघ २९ गते ६:३३ मा प्रकाशित

मैत्रीपूर्ण फुटबलका लागि भारत जान लागेको राष्ट्रिय महिला टोलीलाई आइतवार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिदाइ गरेको छ । ललितपुरको एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाइ गरेका हुन् । २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली सोमवार भारत प्रस्थान गर्नेछ । गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा नेपालले भारतमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ ।

बिदाइपछि बोल्दै नेपाली टोलीका प्रशिक्षक अनन्तराज थापाले छोटो समयको तयारी भए पनि टोलीले सुखद नतिजा निकाल्ने बताउनुुभयो । यस्तै कप्तान एञ्जिालले साफपछि हुन लागेको मैत्रीपूर्ण खेलमा सुखद नतिजालाई निरन्तरता दिने बताउनुुभयो । पहिलो पटक राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बनेका थापाले नेपाली महिला फुटबल टोलीलाई आधुनिक फुटबल खेलाउने तयारीमा हुुनुुहुुन्छ । एन्फाले मैत्रीपूर्ण खेललाई ओलम्पिक छनोट खेलमा अनुभव खेलको रूपमा हेरेको छ । नेपाली टोलीले भारतसँग चेन्नईमा फागुन ३ र ६ गते मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू