अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२ | Colorodo: 19:07

फिफाद्वारा ‘द बेस्ट अवार्ड’ को उत्कृष्ट वर्ष खेलाडीको मनोनयन सार्वजनिक,’मेस्सी, एमबाप्पे र बेन्जेमा अन्तिम तीनमा’

बिआरटीनेपाल २०७९ माघ २८ गते ६:५३ मा प्रकाशित

विश्व फुटबल महासंघ (फिफा) ले यस वर्षको ‘द बेस्ट फिफा फुटबल अवार्ड’को लागि उत्कृष्ट वर्ष पुरूष तथा महिला तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।फिफाले शुक्रबार राति उत्कृष्ट तीनमा पर्न सफल खेलाडीको सूची सार्वजनिक गरेको हो ।

पुरूषतर्फ फ्रान्सका करिम बेन्जेमा, अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे अवार्डको अन्तिम मनोनयनमा परेका हुन् । यस्तै, महिलातर्फ स्पेनकी एलिक्सिया प्युटेला, इङल्यान्डकी बेथ मिड र अमेरिकाकी एलेक्स मोर्गन प्रतिस्पर्धामा छन् ।

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा विजेता छनोट गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू