अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

प्रधानसेनापति म्याराथनको उपाधि राजनलाई

बिआरटीनेपाल २०७९ माघ २८ गते ६:४८ मा प्रकाशित

आठौं प्रधानसेनापति खुला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायले जितेका छन् ।नेपाल आर्मीको मुख्यालय भद्रकालीमा शनिबार आयोजित म्याराथनमा राजनले निर्धारित दूरी २ घण्टा २० मिनेट ८ सेकेण्डमा पूरा गरे । ४२.१९५ किलोमिटर म्याराथनको शीर्ष तीनमा आर्मीकै धावकहरुको वर्चश्व रह्यो ।

गत मंसिरमा सम्पन्न नेपालगन्ज म्याराथनको उपाधि जितेका आर्मीकै खडकबहादुर खड्काले २ घण्टा २१ मिनेट ४३ सेकेण्डमा दूरी पूरा गरी दोस्रो हुँदा अघिल्लो संस्करणका च्याम्पियन कृष्ण बस्नेत तेस्रो भए ।हाफ म्याराथनतर्फ पुरुषमा आर्मीकै दीपक अधिकारी र महिलामा नेपाल पुलिसकी राजपुरा पछाईले उपाधि जिते । दीपकले १ घण्टा ४ मिनेट ६ सेकेण्डसहित उपाधि जित्दा आर्मीकै मुकेश पाल उपविजेता बने ।

बाग्लुङका तीर्थ पुन तेस्रो भए । महिलातर्फको उपाधि जितेकी राजपूराले १ घण्टा १४ मिनेट ३४ सेकेण्डमा दूरी पूरा गरिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र आर्मीकै निर्मला केसी तेस्रो भइन् । सैनिक अधिकृत १० किलोमिटर दौडमा पुरुषतर्फ सुजन ऐडी र महिलातर्फ अस्मिता जिसीले उपाधि जिते । १० किलोमिटर छात्र/छात्रामा क्रमसःपिनाकल एकेडेमीका विकेश घिमिरे र राष्ट्रिय सेवा दलकी सोनी घतानीले उपाधि जिते ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू