अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३८ | Colorodo: 18:53

अस्ट्रेलियामाथि भारतको जित

बिआरटीनेपाल २०७९ माघ २८ गते ६:४० मा प्रकाशित

भारतले पहिलो टेस्टको तेस्रो दिन शनिबार अस्ट्रेलियालाई इनिङ्स अन्तरले पराजित गरेको छ । भारत दुई दिनभन्दा बढी समयको खेल बाँकी छँदै एकपक्षीय जित निकाल्न सफल भएको हो ।अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्समा ९१ रन बनाएर अलआउट भएपछि एक इनिङ्स र १ सय ३२ रनले पराजित भएको छ । योसंगै भारतले चार टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ ।

टेस्ट क्रिकेटमा भारतविरुद्ध अस्ट्रेलियाको दोस्रो सबैभन्दा कम स्कोर हो । रविचन्द्र आश्विनले ३७ रनमा पाँच विकेट लिएपछि अस्ट्रेलिया तेस्रो दिन चिया सत्रको खेल अगाडि नै सस्तोमा अलआउट भएको हो । भारतका लागि मोहम्मद सामी र रविन्द्र जडेजाले दुई÷दुई विकेट लिए । अस्ट्रेलियाका लागि स्टिभ स्मिथले २५ रन बनाएर नटआउट रहे । यो नै अस्ट्रेलियाका लागि व्यक्तिगत उच्च स्कोर रह्यो । त्यसअघि भारत आफ्नो पहिलो इनिङ्समा चार सय रन बनाएर अलआउट भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू