अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

टर्कीमा गएको भूकम्पले ४ अर्ब अमेरिकी डलर बढीको आर्थिक क्षति

बिआरटीनेपाल २०७९ माघ २७ गते ६:१२ मा प्रकाशित

गत सोमबार टर्की र सिरियामा गएको भूकम्पका कारण ४ अर्ब अमेरिकी डलर भन्दा बढीको आर्थिक क्षति हुन सक्ने एक तथ्यांकले देखाएको छ । टर्कीको मूल्याकंन सम्बन्धी काम गर्ने फिचले जनाए अनुसार टर्की र सिरियामा सोमबार गएको ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्पमा परी हालसम्म २० हजार ५ सय भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ ।

टर्कीमा पूर्ण आर्थिक क्षतिको अनुमान गर्न कठिन रहेतापनि २ अर्ब अमेरिकी डलरदेखि ४ अर्ब अमेरिकी डलर वा सो भन्दा पनि बढी पुग्न सक्ने आंकलन गरिएको छ । यस क्षेत्रमा बिमा कभरेज कम भएका कारण बीमितको नोक्सानी निकै कम अर्थात् करिब १ अर्ब अमेरिकी डलर हुने जनाइएको छ । टर्कीका भूकम्पका कारण ९७ प्रतिशत भौतिक संरचनाहरु नष्ट भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू