अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

थप युद्ध सामग्रीका लागि युक्रेनद्वारा बेलायतसँग सहयोगको अपिल

बिआरटीनेपाल २०७९ माघ २६ गते ६:४७ मा प्रकाशित

युक्रेनले थप युद्ध सामग्री सहयोग गर्न बेलायतसँग आग्रह गरेको छ ।रुसको आक्रमणपछि पहिलो पटक युरोपको भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँगको भेटमा हालसम्म गरेको सहयोगलाई अझ बृद्धि गर्न आग्रह गर्नुभएको हो ।उहाँले थप लडाकु विमान पठाउन आग्रह गरेपनि बेलायतले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन । बेलायती सेनाले आफ्नो मुलकलाई यसअघिदेखि नै विभिन्न सहयोग जारी राखेपनि यसलाई थप विस्तार गर्न राष्ट्रपति जेलेन्स्कीले आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भ्रमणका क्रममा जेलेन्स्कीले बेलायती सांसदहरुसँगको अन्तरक्रियामा आफ्नो मुलुक निकै संघर्षपूर्ण अवस्थामा रहेपनि सत्यको जीत हुने विस्वास व्यक्त गर्नुभयो । उहाँले रुसले आक्रमण थालेसँगै कठिन अवस्थामा रहेको बेला बेलायतले गरेको सहयोगको खुलेर प्रशंसासमेत गर्नुभयो । यसैबीच, बेलायतले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको छ । सो प्रतिबन्ध आईटी कम्पनीका साथै ड्रोन र हेलिकोप्टका पार्टपूर्जा र सैन्य उपकरण निर्मातालाई लक्षित गरिएको समाचारमा जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू