अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन

बिआरटीनेपाल २०७९ माघ २० गते ६:४९ मा प्रकाशित

उचित मूल्य नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमा फ्याँकेर विरोध जनाएका छन् । आफूले उत्पादन गरेको तरकारीले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन् ।आफूले दुःख झेलेर उत्पादन गरेका गोलभेँडा, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी बिक्री नभएपछि नारायणगढको पुल्चोकको सडकमै फालेर सरकारको ध्यानाकर्षण गराएको किसानहरुले बताएका छन् ।

बारीमै कुहिने अवस्थामा पुग्दा पनि बजारीकरणको लागि सरकारले कुनै पहल नगरेको उनीहरूको आरोप छ । चितवनमा उत्पादन भएका तरकारी नबिके पनि भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसानहरुले बताएका छन् । भारतीय उत्पादनबाट आफूहरू मार परेको उनीहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया