अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०२ | Colorodo: 06:17

नेपालको विकासमा जोड दिन भारत सधैँ प्रतिबद्ध छः भारतीय राजदूत नवीन श्रीवास्तव

बिआरटीनेपाल २०७९ माघ २० गते ६:४० मा प्रकाशित

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिबद्ध रहेको बताउनुुभएको छ । नेपाल–भारत मैत्री युवा संघ केन्द्रीय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको विकास भए भारतलाई पनि फाइदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न पूर्णरूपमा लागिपरेको समेत स्पष्ट पार्नुुभयो ।

उहाँले जनकपुर–जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भारत सरकार लागिपरेको बताउनुुभयो । राजदूत श्रीवास्तवले नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सुदृढ बनाउँदै लैजानुपर्ने पनि बताउनुुभयो । राजदुत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनामा थप सहयोग अभिवृद्धि गर्ने दिशामा आफूले सक्दो पहल गर्ने बताउनुुभयो ।

प्रतिक्रिया