अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५० | Colorodo: 16:05

सांसदहरुले नागरिकसँग गरेका वाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छः सभामुख घिमिरे

बिआरटीनेपाल २०७९ माघ १९ गते ६:१० मा प्रकाशित

सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदहरुलाई आग्रह गर्नुुभएको छ । बिहिबार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नागरिकका समस्याको चाङ बढ्दै गइरहेकाले समाधान गर्न संसदमा आफ्नो भूमिकालाई बलियो बनाउनुपर्ने बताउनुुभयो ।

सभामुख घिमिरेले विगतमा कतिपय सांसदको आचार, व्यवहारहरु जनमुखी हुन नसकेको भन्दै संसदमा आइसकेपछि जनतासँग गरेका प्रतिवद्धता पूरा गर्ने हिसावबाट अघि बढ्न सुझाव दिनुुभयो । उहाँले विगतमा संसदमा भएका राम्रा कुराबाट शिक्षा लिँदै सांसदहरुले आफ्नो संसदीय भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुुभयो ।

घिमिरेले नागरिकले संसदका गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट सांसदहरुको काम खोजिरहेको बताउनुुभयो । संसदलाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने सभामुख घिमिरेको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू