अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, नयाँ गृहमन्त्रीका लागि छलफल

बिआरटीनेपाल २०७९ माघ १५ गते ६:०० मा प्रकाशित

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली बीच आज भेटवार्ता भएको छ । नयाँ गृहमन्त्रीका लागि उहाँहरुबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार नयाँ गृहमन्त्री र राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उहाँहरुबीच छलफल भएको जनाईएको छ । सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेलाई गैरनागरिक ठहर गरेछि गृहमन्त्री पद रिक्त छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू