अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०८ | Colorodo: 15:23

अबको निशाना युक्रेनलाई सैन्य सामग्री दिने देशहरू विरूद्ध हुने रूसको चेतावनी

बिआरटीनेपाल २०७९ माघ १३ गते ५:५८ मा प्रकाशित

नाटोले युक्रेनलाई अत्याधुनिक युद्ध सामग्री उपलब्ध गराएर अमेरिका र युरोप प्रत्यक्ष रूपमा युद्धमा संलग्न भएको आरोप रुसले लगाएको छ । अमेरिका, जर्मनी र बेलायतले युक्रेनलाई आफ्ना अत्याधुनिक सैन्य ट्यांक दिने निर्णय गरेपछि रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेसकोवले रुस विरुद्ध लड्न पश्चिमा देशहरुले अत्याधुनिक हतियार दिनु युद्धमा सिधै संलग्न हुनु भएकाे बताएका छन् । अत्याधुनिक युद्ध सामग्री दिनु प्रत्यक्ष युद्धमा सहभागी हुनु होइन भन्ने वासिङ्टन र युरोपेलीहरुको तर्क हास्यास्पद रहेको प्रवक्ता पेसकोवकाे तर्क छ ।

उनीहरु युद्धमा प्रत्यक्ष आइरहेको समेत उनकाे भनाइ छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्वसल्लाहकार सर्गेई कारागानोवले पनि नाटोले अत्याधुकि सैन्य ट्यांक युक्रेनलाई दिएर पश्चिमाहरु खुला रुपमा रुस–युक्रेन द्वन्दमा संलग्न भएको दावी गरेका छन् । अबको निशाना उनीहरू विरूद्ध पनि हुनसक्ने उनले चेतावी समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू