अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२६ | Colorodo: 21:41

जासुसीको आरोपमा पक्राउ परेका चिनियाँ इञ्जीनियरलाई अमेरिकामा जेल सजाय

बिआरटीनेपाल २०७९ माघ १३ गते ५:४१ मा प्रकाशित

चिनियाँ एक इञ्जीनियरलाई अमेरिकामा आठ वर्षको जेल सजाय सुनाइएको छ ।सन् २०१३ मा विद्यार्थी भिसामा अमेरिका पुगेका र पछि सेनामा भर्ती भएका जी चाओचुनमाथि जियाङ्सु प्रान्तको सुरक्षा निकायलाई अमेरिकामा रहेका आठ व्यक्तिलाई काम दिन सकिने सूचना पठाएको आरोपमा छानबिनपछि सजाय सुनाइएको हो । ती आठै जनाले चीन वा ताइवानबाट अमेरिका गएर पछि अमेरिकाको अङ्गीकृत नागरिकता लिएका थिए ।

जीले चीनको एउटा गुप्तचर निकायको निर्देशनमा काम गरेको अमेरिकी अधिकारीहरूको दाबी छ । उनी सन् २०१८ को सेप्टेम्बरमा पक्राउ परेका थिए । ३१ वर्षका जीलाई सिकागोमा दुई हप्ता लामो सुनुवाइपछि गैरकानुनी रूपमा विदेशी सरकारको एजेन्टको रूपमा काम गरेको र झुटो बयान दिएको अभियोगमा दोषी ठहर गरिएको थियो ।उनको मुद्दा चीनले अमेरिकाबाट उड्डयन क्षेत्रको व्यापारिक गोप्यता चोर्ने प्रयाससँग सम्बन्धित भएको अमेरिकाको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू