अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

बिआरटीनेपाल २०७९ माघ ५ गते ४:०८ मा प्रकाशित

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आगामी महिना पदत्याग गर्ने घोषणा गर्नुभएको छ । सन् २०१७ मा ३७ वर्षको उमेर प्रधानमन्त्री हुनुभएकी आर्डनले स्वेच्छाले पदत्याग गर्ने घोषणा गर्नुभएको हो । प्रधानमन्त्री पदको जिम्मेवारीका कारण आफूलाई मानसिक तनाव भएको भन्दै उहाँले फेब्रुअरी ७ आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गर्नुभयो ।

आगामी अक्टोबर १४ मा न्युजिल्याण्डमा आम निर्वाचन हुने तय भएको छ । उक्त निर्वाचनबाट आफू पुनः निर्वाचित हुने सम्भावना रहे पनि त्यसो नगर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री बनेपछि देशका ठूला चुनौतीहरु झेलेको र त्यसले आफ्नो परिवारलाई समय दिन नपाएको भन्दै अब पुनः निर्वाचित हुने ईच्छा नरहेको उहाँको भनाइ थियो ।

अक्टोबरको निर्वाचनपछि नयाँ व्यक्तिले जिम्मेवारी सम्हाल्नु भन्ने आफ्नो चाहना रहेको पनि आर्डनले बताउनुभयो । कोभिड कालमा कठोर नीति लिएको भन्दै देशभित्र उहाँको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू