अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

अफगानिस्तानमा चिसोले २० को मृत्यु ‘तापक्रम माइनस २१ डिग्रि सेल्सियसमा झर्दा जनजीवन कष्टकर’

बिआरटीनेपाल २०७९ माघ ४ गते ४:४४ मा प्रकाशित

अफगानिस्तानमा अत्यधिक चिसोका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । तापमानमा भएको गिरावटका कारण त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ ।यसै त गरिबी, खाद्यान्न र इन्धन अभावले समस्याग्रस्त अफगानिस्तानमा चिसो बढ्न थालेपछि जनजीवन थप कष्टकर बनेको हो ।

अफगानिस्तानको बद्घिस र अन्य प्रान्तमा चिसोले कम्तीमा ४ हजार गाईवस्तु मरेका छन् ।हेरात प्रान्तको क्षेत्रीय अस्पतालहरु चिसोका कारण बिरामी भएकाहरुले खचाखच भरिएको छ ।तालिवानले गत वर्ष काबुलमा सत्ता कब्जा गरेपछि ४ करोड अमेरिकी डलरका १८ प्याकेज र ३२ मिलियन अमेरिकी डलरका ३० भन्दा बढी प्याकेजहरू घोषणा गरेको थियो ।

सहयोगका बाबजुद अफगानिस्तानको गरिबी, कुपोषण र बेरोजगारी दर अझ खस्कँदो छ । यसका साथै प्राकृतिक प्रकोपहरूले अफगानहरूका लागि अवस्था अझ खराब बनाएको छ । देशले हाल इतिहासमा सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू