अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

विश्वकै जेष्ठ फ्रेञ्च नागरिकको निधन

बिआरटीनेपाल २०७९ माघ ४ गते ४:३७ मा प्रकाशित

विश्वकै सबैभन्दा बढी उमेरकी महिला दाबी गरिएकी फ्रेञ्च नागरिक ल्युसिल रैडनको ११८ वर्षको उमेरमा निधन भएको छ । फ्रान्सको टुलान शहरको आफ्नै निवासमा उनको निधन भएको हो । उनको जन्म सन् १९०४ मा भएको थियो ।

१९ वर्षको उमेरमा उनी उपासिका बनेकी थिईन भने उनी सिस्टर आँद्रेको नामले परिचित थिइन् । गत वर्ष ११९ वर्षका सबैभन्दा बढी उमेरका पुरूष जापानका केन तनाकाको निधन भएको थियो । तनाकाको निधनपछि रैडन विश्वका सबैभन्दा ज्येष्ठ नागरिक दाबी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू