अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

क्यालिफोर्नियामा आँधीका कारण थप १९ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ पुष ३० गते ४:५१ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण थप १९ जनाको मृत्यु भएको छ । आँधी पछि आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ भने सयौं घर भत्केका छन् । आँधी र बाढीका कारण हजारौं घरबारबिहीन भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आगामी दिनमा क्यालिफोर्निया र प्यासिफिक नर्थवेस्टमा आँधीले ठूलो विनाश निम्त्याउन सक्ने अनुमान गरिएको छ ।

क्यालिफोर्नियाको सलिनास नदीमा पानीको सतह खतरनाक तहमा पुगेको छ जसका कारण २४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । क्यालिफोर्नियामा नै गत साता २ लाख बढी घर र व्यवसायीले बिजुली कटौतीको सामना गरेका थिए जुन हालसम्म पनि जारी छ ।

आँधी र बाढीले सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । क्यालिफोर्नियाको मोन्टेरी काउन्टीमा, किसानले आफ्नो खेत जोगाउन बाँध बनाउन थालेका छन् । सरकारले किसानलाई उपेक्षा गरेको भन्दै उनीहरु आक्रोशित बनेका छन् । क्यालिफोर्निया सरकारले भने प्रभावित सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू