अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

आर्थिक सङ्कट भाेगिरहेकाे श्रीलङ्काले सैन्य क्षमता आधा घटाउने

बिआरटीनेपाल २०७९ पुष २९ गते ५:५२ मा प्रकाशित

आर्थिक सङ्कट भाेगिरहेकाे दक्षिण एसियाली देश श्रीलङ्काले आफ्नाे सेना ठूलाे सङ्ख्यामा घटाउने घाेषणा गरेकाे छ । समाचार एजेन्सी पीटीआईकाे प्रतिवेदनअनुसार श्रीलङ्काले सन् २०३० सम्म आफ्नाे सैन्य क्षमता आधाले घटाउने बताएकाे छ । सन् २०२३ का लागि बजेट प्रस्तावमा श्रीलङ्काले अब प्राविधिक र रणनीतिकरूपबाट अधिक सन्तुलित ‘डिफेन्स फाेर्स’ निर्माण गर्न ध्यान दिने भनिएकाे छ ।

श्रीलङ्कामा रक्षा खर्च स्वास्थ्य र शिक्षामा हुने खर्चभन्दा धेरै हुने गरेकाे भन्दै आलाेचना हुँदै आएकाे छ । श्रीलङ्काकाे सेनामा अहिले दुई लाख सात सय ८३ सैन्यकर्मी छन्, याे सङ्ख्यालाई कम गरेर सन् २०३० सम्म एक लाख बनाउने लक्ष्य छ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले गएकाे वर्ष नयाँ चुनाैतीहरूकाे सामना गर्नका लागि देशकाे सेनालाई तयार गर्नका लागि सैन्य रणनीतिमा सुधारकाे आवश्यकता रहेकाे बताउनुभएकाे थियाे ।श्रीलङ्काले सन् १९४८ यताकै सबैभन्दा खराब आर्थिक सङ्कटकाे सामना गरिरहेकाे छ । विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा इन्धन, ऊर्जा र औषधि लगायतकाे चरम अभाव छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू