अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

कंगोमा सशस्त्र समुहको आक्रमणमा परी २७ जना सर्वसाधारणको मृत्यु

बिआरटीनेपाल २०७९ पुष २९ गते ५:५१ मा प्रकाशित

कंगोमा सशस्त्र समुहको आक्रमणमा परी एक सातामा २७ जना सर्वसाधारणको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार कंगोको इतुरी प्रान्तको गाउँमा हतियारसहित प्रवेश गरेको सोडेको नामक सशस्त्र बिद्रोही समुहले उनीहरुको हत्या गरेको खुलासा भएको हो ।

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकका अनुसार सो समूहले गरेको आक्रमणमा थुपै्र सर्वसाधारण घाइते भएका छन् । कंगोको इतुरी र डजुगु प्रान्तमा पछिल्लो समय फैलिएको हिंसा नियन्त्रणबाहिर गएको छ ।

संयुक्त राष्ट्रसंघको शान्ति सेनालाई लक्षित गरी सो समूहका हतियारधारीहरुले हमला गर्ने गरेको जनाइएको छ । कंगो सरकारले हिंसा नियन्त्रणमा चासो नदेखाएको भन्दै संयुक्त राष्ट्रसंघले आपत्ती जनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू