अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

कोलोराडोमा एक नेपालीको गोली हानी हत्या, दाह संस्कार (फ्युनरल) आज

बिआरटीनेपाल २०७९ पुष २४ गते १२:२१ मा प्रकाशित

कोलोराडो । कोलोराडोमा एक नेपालीको गोली हानी हत्या गरिएको छ । ५३ वर्षका भेषराज लामिछाने को ५ जनवरीमा साँझ काम गरिरहेको स्थानमा गोली हानी हत्या गरिएको हो ।

ह्वीटरिजस्थित कन्भिनियन्स स्टोरमा काम गरिरहेका बेला साँझ करिब ८ बजे लामिछानेलाई गोली हानिएको थियो । सिसिटिभी भिडियोमा एक मानिसले लामिछानेलाई आक्रमण गरी गोली हानेको देखिएको प्रहरीले जनाएको छ ।

हत्याको अभियोगमा डुन, २६ वर्ष उमेरका नर्थ क्यारोलिनाका शनाथन डिएञ्जेलो चान्स, पक्राउ परेका छन् । उनलाई प्रहरीले इन्डियानामा पक्राउ गरेको हो । उनी चोरीको फुस्रो रङको निशान पाथफाइन्डर २०१५ मा अत्यधिक गतिमा थिए । इन्डियाना प्रहरीले उनलाई रोक्न खोजेको थियो । तर, उनी भाग्न खोजेका थिए । गाडी अनियन्त्रित भएर पल्टिएपछि उनी पक्राउ परेका हुन् । उनलाई कुनै चोट नलागेको प्रहरीले जनाएको छ ।

लामिछाने समाजसेवामा सक्रिय र मिलनसार नेपाली भएको बुझिएको छ । उनका चार सन्तान र श्रीमती रहेको र परिवारमा कमाउने उनी मात्र रहेको कोलोराडोका नेपालीहरूले बताएका छन् । उनको अन्त्यष्ठी आज ब्रुमफिल्डको Rundus Funeral Home & Cremator, 1998 W 10th Ave, Broomfield, CO 80020 मा दिनको ३ बजे हुँदैछ । उनको परिवारको लागि सहयोग पुर्‍याउन भन्दै गोफण्डमा सहयोग उठाउन थालिएको छ । यो समाचार लेखुन्जेल सम्म $६८,९२० डलर सहयोग उठिसकेको छ । कोलोराडोका नेपाली समुदायले सबै नेपाली समक्ष सहयोगको अपिल गरेको छ ।

प्रतिक्रिया