अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 08:11

अरबमा गरिबी बढ्यो

बिआरटीनेपाल २०७९ पुष १७ गते ७:१७ मा प्रकाशित

अरब क्षेत्रको एक तिहाइ अर्थात् १३ करोड जनसङ्ख्या गरिबीको रेखामुनि रहेको एक अध्ययनले देखाएको छ ।संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (इएससिडब्लुए) ले सार्वजनिक गरेको एक सर्वेक्षणले खाडी सहयोग परिषद् (जीसीसी) सदस्य राष्ट्र र लिबियाबाहेक अरब क्षेत्रको एक तिहाइ जनसङ्ख्या गरिबीबाट प्रभावित रहेको जनाएको छ।

सर्वेक्षणले आगामी दुई वर्षमा गरिबीको स्तर अझ बढ्ने र सन् २०२४ सम्ममा गरिबी ३६ प्रतिशत जनसङ्ख्यामा पुग्ने प्रक्षेपण गरेको छ । यसबाहेक, अरब क्षेत्रमा सन् २०२२ मा विश्वको सबैभन्दा उच्च बेरोजगारी दर १२ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान प्रयासका कारण सन् २०२३ मा ११.७ प्रतिशतमा झरेको छ ।

सन् २०२३ मा यस क्षेत्रको आर्थिक वृद्धिदर ४.५ प्रतिशत र सन् २०२४ मा ३.४ प्रतिशत रहने अनुमान गरिएको छ । तेल आयात गर्ने देशहरूले बढ्दो ऊर्जा लागत, खाद्य आपूर्तिको कमी र पर्यटन तथा अन्तर्राष्ट्रिय सहायता प्रवाह दुवैमा गिरावटसहित धेरै सामाजिक आर्थिक चुनौतीहरूको सामना गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू