अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५७ | Colorodo: 15:12

उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेको दावी

बिआरटीनेपाल २०७९ पुष ११ गते ३:११ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा आफ्नो दावी रहेको बताउनुभएको छ । संघीय संसद भवनमा सोमबार भएको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले मन्त्रालय तथा मन्त्रीको टुङ्गो लागि नसकेको तर आफ्नो दावी उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रहेको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा तीन उपप्रधानमन्त्री राख्ने तयारी भएको छ ।

प्रतिक्रिया