अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 02:37

गणतन्त्र कि तानाशाही तन्त्र ?

रामभक्त राई २०७७ माघ २८ गते ७:४८ मा प्रकाशित

नेपालको राजनीति मैले बुझे, देखे, भोगे अनि सुने देखी नै अस्थिर छ । यो अस्थिरता कसले ल्यायो ? किन ल्यायो ? किन ल्याउनु पर्‍यो ? यसले फाइदा कसलाई ? यो चाहने को ? किन स्थिरता हुनै सक्दैन ? धेरै प्रश्नहरू अनुत्तरित छन् किनकि धेरैले बुझेर पनि उत्तर दिन मान्दैनन् किनकि सही उत्तर दिँदै हिँडे उसको हातमुख नै जोडिन मुस्किल छ । किनभने यी बुझेर पनि उत्तर उल्टो पाल्टो दिनेहरूको गरेर खानलाई कुनै सिप ज्ञान नै छैन । उनीहरू अरूको गुलामी, चाकरी नै आफ्नो कला सस्कृतीको रूपमा सिरोधार गर्चन । उनीहरूमा कुनै भविष्यको सम्भावित अक्सरको कुनै नजर अन्दाज लाउने ल्याकत नै छैन । उनीहरूलाई थाहा छैन कि आफू सङसङ्गै आफ्ना भावी पुस्ताहरूलाई पनि त्यही अनुत्पादक भुमरी भित्र फसा उदैछौ भनेर । आफू मात्र बनेर हुँदैन, सन्तति बन्नलाई त देश बन्नु पर्छ भन्ने आधार भुतज्ञान नभएकाहरू आजको परिवेशमा ठुला ठुला ओहदामा कसरी पुगेका छन् यो हामी सबैको दुर्भाग्य नै मान्नु पर्छु । अनि उनीहरूको औकात बुझेर पनि उनीहरूकै पछि लाग्ने हामीहरू चाही के जाना जान बली बन्न गएकै हौ त ?

यदि आफू बनेर देश बन्ने भए जङ्ग बहादुर राणा बन्दा किन देश बनेन ? उसको आफ्नै खुद सन्तति भक्तपुरमा दुखको जीवन व्यतीत गर्न बाध्य छन् किन ? किन उनका वरपरका केही मात्र धनी बन्न पुगे ? अनि सारा नेपाली किन दुखी बन्न पुगे ? आज जङ्गबहादुरसँग खुद उनकै आफ्नो सन्तान खुसी छैनन्, किनकि उनको व्यक्तिवादी सोचले अर्को पुस्ताको निम्ति सोच्नै सकेन । यदि उसले अर्को पुस्ताको लागी सोचिदेको भए आज उनका सन्तान मात्र हैन हामी सबै सगौरवका साथ नेपालमै काम गरिरहेको हुने थियौ, नकी अरबबाट बाकसमा फर्किनु पर्थ्यो । आज हामीलाई चाहिएको अर्को तानासाही जङ्गबहादुर जो आफू बाहेक अरू देख्दै नदेख्ने अरू चिन्दै नचिन्ने अनि आज भन्दा माथि गएर भोलि हेर्नै नसक्ने कुलाङ्गार नेता हुँदैनन । हामीलाई चाहिएको आजको धरातलमा बसेर भोलि, आघौँ, अर्को पुस्ता अनि हजारौँ पुस्ताको जीवन कल्पना गर्न सक्ने अनि योजना दिन सक्ने विशाल हृदय अनि विशाल दिमाग भएको नेता चाहिएको हो । सोचे जस्तो उत्कृष्ट नेता पाउन नसके पनि देशै डुबाउने, हामीलाई नै जुझाउने अनि हामीलाई नै नोकर बनाउने निरङ्कुश सोच भएका ब्यक्तित्वहरुलाई नेता नमानौँ किन कि हामीलाई गणतन्त्र चाहिन्छ, तानासाही तन्त्र हैन जसले कसैको भलो हुनै सक्दैन ।

आजको नेपाली राजनीतिको माग भनेको तानासाही तन्त्र स्थापना गर्ने कि गणतन्त्र हो ।हामीले गम्भीर भएर कर्म गर्नु पर्ने दिन आएको छ आज । धेरै ठुलो चुनौती छ हाम्रो अगाडी किनकि ठुला दलका ठुला नेताहरू तानासाही तन्त्र स्थापना गरी आफू सर्वच्च नेता हुनमा सक्ती प्रदर्शनीमा लगेका छन् भाग बन्डाको निम्ति । जति सुकै प्रचण्ड -माधब्, केपी ले ढाटे पनि उनीहरूको धोती फुस्किसकेको छ ।उनीहरू को स्वार्थ मिल्यो भने उनीहरू जति बेला पनि एक हुन सक्छन् । यता देउवा -पौडेल आफ्नो भाग बन्डाको नियुक्ति पाए नेकपाले जे गरे पनि मौन नै रहने स्थितिमा छन् । यसको मतलब उनीहरू पनि व्यवस्था हैन सक्ती सन्तुलन मिले नेकपा कै बाटोमा छन् ।यो सारै दुखद अनि कहाली लाग्दो स्थितिमा साना दलहरू र तीनका नेताहरू पानी मरुवा भएर देश रोएको हेरेर बसिरहेका छन् ।सबै भन्दा ठुलो अचम्मको कुरा त कुनै नेताको पनि ठोस योजना छैन,देशलाई कसरी समृद्धि बनाउन सकिन्छ ? भोलि के गर्ने ? कसरी गर्ने ? कहाँ पुगिन्छ? अनि त्यो योजना फेल भए अर्को के ? अबको हाम्रो कर्तव्य भनेको ती आफू भन्दा अरू देख्दै नदेख्ने नेतारूपी ब्वासाहरुलाई समर्थन नगर्नु नै हो । तर समर्थन नगरी घरै बसेर पनि केही हुने वाला छैन । तसर्थ अब उनीहरूको विरुद्धमा आफ्नो आफ्नो ठाउँबाट विभिन्न तवरबाट उनीहरूको भण्डाफोर गर्नुको कुनै विकल्प छैन । ताकी तानासाहको जुन प्रयास भइरहेको छ अहिले त्यसलाई तुवाउन सकियोस् ।

आज जति पनि आन्दोलन, प्रचार प्रसार, हडतालमा खर्च भइरहेको छ ती सब पैसा केपी गुट ले झापामा गरेको भए झापाले मुहार फेरेर झपक्कै नयाँ बेहुली झैँ भएर पुस्तोउ पुस्ताको निम्ति गरी खाने बाटो बन्थ्यो । त्यस्तै गरी प्रचण्ड माधवले सम्पूर्ण सक्ती अनि पैसा भरतपुर चितवनमा लगानी गरेको भए भरतपुर चितवन उत्कृष्ट गन्तव्य सबैको लागी अनि नमुना सहर नमुना ठाउँ हुन सक्थ्यो, जनताले चाहे जस्तै । तर उनीहरूको मनसाय गाउँ बनाउने हैन, देश बनाउने हैन आफू बन्ने हो तसर्थ जसरी हुन्छ हातमा सक्ती चाहिन्छ उनीहरूलाई । सक्ती नभए हातमा बहुलाउँछन् यिनीहरू अनि सक्ती हातमा भए निदाउँछन् यिनीहरू । यिनीहरूको बोलीको व्यवस्था भनेको हामीलाई भुलाउनु हो, तसर्थ उनीहरूको बोलीमा ताली नपकडाउनु नै हाम्रो निम्ति भलाई हुनेछ । उनीहरूको भाषण सुन्नु, ताली बजाउनु भनेको उनीहरूलाई अझ बदमास हुन उक्साउनु हो जुन तपाईँ हाम्रो हातमा छ उनीहरूलाई उक्साउने कि थन्काउने ।

म कुनै व्यक्ति विशेषको विरोधी हैन । सबैलाई व्यक्तिको रूपमा सम्मान छ । तर आज देशलाई विभिन्न बहानामा तानाशाहितन्त्रमा लागिरहेको देख्दा टुलुटुलु हेरेर बस्नु हामी स्वयमको जानाजान अपराध पनि हो तसर्थ यो अपराधबाट बच्नको लागी हाम्रो आँखामा, हाम्रो सन्ततिको आँखामा छारो हानी हाम्रो थाल खोसी खान खोज्नेहरूको विरुद्धमा बोल्नु हाम्रो कर्तव्य हो । यिनीहरूलाई सही बाटोमा ल्याउन नसके, तानासाही तन्त्रलाई रोक्न नसके भोलि दुई छिमेकी मुलुकको परेड खेल्ने मैदान नेपाल नहोला भन्न सकिन्न । तसर्थ हामी सबै मिली गणतन्त्रलाई ज्युँदो राखौँ जुनसुकै पार्टी ,जात-धर्म भए पनि हामी सबै नेपाली मिलेर ।आजको अन्तिम प्रश्न भनेको गणतन्त्र कि तानासाही तन्त्र हो । उत्तर तपाईंहाम्रो लगावमा छ, तपाइ हाम्रो झुकावमा छ ।