अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

हामीले उठाएका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौँः डा. सिके राउत

बिआरटीनेपाल २०७९ पुष ४ गते ५:२० मा प्रकाशित

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुले उठाएको किसानका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता गर्नेलाई सरकार गठनका लागि सघाउने बताउनुभएको छ । सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष डा. राउतले आफूहरुले किसानको मुद्दा उठाएर आएकाले सो मुद्दाहरु सम्बोधन हुनुपर्ने बताउनुभएको हो ।

उहाँले आफ्नो पार्टीले उठाएको किसानको मुद्दाका साथसाथै शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दामा सुधार गर्ने प्रतिवद्धता जनाउनेलाई सरकार गठनका लागि सघाउने बताउनुभएको हो । राउतले सरकार गठनका लागि कसैको पनि स्पष्ट बहुमत नआएको अवस्थामा सरकार गठनका लागि निकास दिनु आफूहरुको जिम्मेवारी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले भर्खरै किसान आन्दोलन गरेर आएको हुनाले किसानका जुन मुद्दाहरु छ त्यसलाई सम्बोधन हुनुपर्छ । त्यसका साथै खासगरी शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दा जनमत पार्टीले टड्कारो रुपमा उठाइराखेको हुनाले त्यो रातारात त परिवर्तन हुने कुरा होइन । त्यसमा काम गर्ने वातावरण, त्यो क्षेत्रहरुमा सुधार गर्नको लागि काम गर्ने वातावरण बनाइदिने खालको प्रतिवद्धता जायर हुनुपर्‍यो ।’

उहाँले ठोस रुपमा र इमान्दारितापूर्वक प्रतिवद्धता जायर हुनुपर्ने बताउनु भयो । अध्यक्ष राउतले वर्तमान सत्तारुढ गठबन्धन प्रति आफूहरु सकारात्मक रहेको बताउनु भयो ।

प्रतिक्रिया