अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

तीनै तहको निर्वाचनमा समानुपातिक र समावेशी प्रतिनिधित्व पर्याप्त : थपलिया

बिआरटीनेपाल २०७९ पुष ४ गते ५:१९ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालमा सम्पन्न तीनै तहको निर्वाचनमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व पर्याप्त नभएको बताउनुभएको छ । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा सोमबार आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहमा ४१ प्रतिशत, प्रदेश सभामा ३६.३६ प्रतिशत र संघीय संसदमा ३३.८३ प्रतिशत महिला प्रतिनिधित्व कायम भएको जानकारी दिनुभयो । यद्यपी सो प्रतिनिधित्व समानुपातिक र समावेशी प्रतिनिधित्वको दृष्टिले पर्याप्त नभएको उहाँले बताउनुभयो । उहाँले आगामी दिनमा समानुपातिक तथा समावेशी प्रतिनिधित्वलाई सहज, विशिष्ट, उपयुक्त र पूर्वानुमान बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा सार्वजनिक क्षेत्रबाट हुने खर्चलाई निश्चित सीमामा बाँधिएको बताउनुभयो । त्यस्तै, राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसारको खर्चलाई पनि नियन्त्रण र नियमन गर्ने प्रयास गरिएको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन आयोगले निर्वाचनका क्रममा गरेका सबै प्रयासहरु राजनीतिक सुशासन र निर्वाचनको निष्ठा कायम गर्न चालिएको कदम भएको स्पष्ट पार्नुभयो ।

उहाँले आयोगले प्रतिनिधि सभाको पहिलो अधिवेशनमै निर्वाचन व्यवस्थापन तथा सञ्चालन सम्बन्धी विधेयक पेस गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । सो विधेयक निर्वाचन व्यवस्थापन सुधारको दिशामा कोसेढुंगा सावित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया